काठमाडौं, ३० असोज
नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा ललितपुरको पुल्चोकमा रहेको निदान हष्पिटलका पाँच जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरोले नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा हष्पिटलका प्रमुख कार्यकारी सहित पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा शकंरलाल लामा, बिपेन्द प्रधान, कुमुद कुुमार भट्टराई, डा. राजेश पन्त र रामचन्द्र आले रहेका छन् । सो मध्ये लामा मृगौला ग्रहण गरेको व्यक्ति, प्रधान निदान हष्पिटलका प्रमुख कार्यकारी अधिकृत भएको ब्युरोले जनाएको छ । यसैगरी पन्त निदान हष्पिटल कै डाक्टर र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रहेको ब्युरोको भनाई छ ।
बुधबार पक्राउ परेको यि पाँचै जना उपर मानव बेचबिखन तथा ओसार पसार ऐन २०६४ अनुसार अनुसन्धान र कारवाही हुने ब्युरोले जनाएको छ ।