काठमाडौँ, २९ असोज
स्पेन युरो कप २०२० को लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको हो। स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरेका थिए । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा स्वीडेनले ५० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो र सो गोल मार्कस बर्गले गरेका थिए। स्वीडेनको सो अग्रतालाई स्पेनले अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै बराबरी गर्यो। रोड्रिगोको गोलमा स्पेनले बराबरी गर्न सफल भएको हो। स्पेन आठ खेलबाट ६ खेलमा जित र दुई खेलमा बराबरी खेलेको दुई खेलअघि नै युरो कपमा छानिएको हो ।