काठमाडौं, २८ असोज
हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो अत्याधिक लोकप्रिय प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रमकाबिच सार्वजनिक गरेको छ । नेपाली बजारको लागि आफ्नो महत्वाकाक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २०० को को मुल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
साहसिक बाइकिङ समुहअन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङका सम्पूर्ण डिलरहरु कहाँ उपलब्ध हुनेछन् । हिरो मोटरकर्पबाट प्रस्तुत नयाँ शृँखलाको एक्स्पल्स २०० उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।
एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केही महिनाको अवधिमा नै यो भरतमा उच्च बिक्री हुने एडभेञ्चर बाइक बनिसकेको छ र साथसाथै ल्याटिन अमेरिका जस्ता विश्व बजारहरुबाट पनि यसले अत्यन्त सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ । यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटर कर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ ।
रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै उर्जाका साथ पेश गरिएको यो एक यात्रादायी मोटरसाइकल हो जुन शाहासिक बाइकिङ गर्नेका लागि एक्स्पल्स २०० महत्वपूर्ण हुने विश्वास गर्न सकिन्छ । कम्पनीका अनुसार भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुनेछ ।
एक्सपल्स २०० : एक परिचय
एक्स्पल्स २०० मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ । जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । यसमा रहको मोनो शकले कुनै पनि स्थानमा गति लिन मजबुती प्रदान गर्दछ ।
एक्स्पल्स २०० चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्काएक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध छ ।