काठमाडौं, २८ असोज
एक हजार दरका ३१ करोड थान नेपाली नयाँ नोट छापिने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ एक हजार दरका ३१ करोड थान नयाँ नोट छाप्न चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेईजिङसंग सम्झौता गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७६ असार १२ गते राईजिङ नेपालमा नोट छपाईको लागि बोलपत्र आव्हानको सुचना प्रकाशित गरिएको थियो । उक्त प्रस्तावमा चाईनाको बैंक नोट प्रिन्टिङ कम्पनीले न्युनतम मुल्यमा उच्च गुुणस्तरको नोट छपाई गर्ने बोलपत्र पेस गरेको थियो । सोही आधारमा असोज १२ गते अर्थात २०१९ सेप्टेम्वर २९ तारिखका दिन अमेरिकी डलर ९१ लाख ९० हजारमा नयाँ नोट छपाईको लागि उक्त कम्पनी संग सम्झौता गरेको हो ।