काठमाडौं, २८ असोज
कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबिच प्रिपेडकार्ड जारीका लागि सम्झौता भएको छ । आज मंगलबार कृषि विकास बैंक लि. र राष्ट्रिय सहकारी बैंकविच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले हस्ताक्षर गरेका हुुन् । सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक लि.(एनसिविएल) संग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने जनाइएको छ ।
उक्त अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकलाई उल्लेखित सेवा गर्ने मौका दिएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिंदै सम्झौताले भविष्यमा वित्तीय साक्षरताबाट बन्चित भएको समूहलाई समेत बैकिङ्ग सेवामा आवद्ध गर्न ठूलो मद्दत पुग्ने बताए । सोहि अवसरमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले कृषि विकास बैंकले उल्लेखित सेवा प्रदान गर्न लागेकोमा कृषि विकास बैंक परिवारलाई हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रहेका वासिन्दाहरुको जीवन सहज र सरल सहित बैकिङ्ग पहुंचमा वृद्धि हुने बताए ।
उक्त अवसरमा कृषि विकास बैंकका.मु. उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल, विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो । साथै कार्यक्रमको संचालन कृषि विकास बैंकका डिजिटल बैंकिङ्ग विभागका का.मु.विभागीय प्रमुख बासु अधिकारीले गरेका थिए ।