काठमाडौं, २७ असोज
छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले मध्यनजर राखेर कृषि विकास बैंकले आफनो लगानीमा माईतिघर मण्डलामा नेपाली संस्कृति झलकिने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरेको छ । मण्डलामा आकर्षण फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको र यसले मण्डलालाई हरावरा बनाएको जानकारी बैंकले बिज्ञप्ती मार्फत दिएको छ ।
यसैगरी रातको समयमा ईलेक्ट्रीक वोर्डमो डिसपेले भएको वृतचित्रले नेपालको संस्कृतीलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरीएको थियो । चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सवैले महसुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फी खिच्ने केन्द्र विन्दु भएको जानकारी पनि बैंकल दिएको छ ।