टोकियो, २७ असोज
जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् ।
आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको, तीन लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको छ, कैयौँ स्थानमा बाढी पहिरो गएको छ र कतिपय बस्तीहरू डुबानमा परेका छन् । १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।
तस्बिर:(Xinhua/AP/ AFP)