neapl investment mega bank neapl investment mega bank

मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

Oct 13th, 2019

पोखरा, २६ असोज (रासस)

पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनोमानी भाडा लिने, मिटरमा नजाने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्न जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना सङ्कलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशनलाई तीव्रता दिइएको छ ।

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।