बेत्रावती, १५ असोज (रासस)
रसुवाको उतरगया–२ का तुलमायाँ तामाङको मंगलबार उपचारको क्रममा चक्रदेव पोलिक्लिनमा मृत्यु भएपछि विरोधमा बुधबार बिहान मृत्तकका आफन्त तथा छिमेकी नुवाकोटको विदुरमा सडक अवरुद्ध गर्दै । मंगलबारदेखि सडक अवरुद्ध हुँदा दशैँ मनाउन आवतजावत गर्ने रसुवा र नुवाकोटका यात्रु समस्यामा परेका छन् । तस्वीर : रामहरि न्यौपाने