neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • १२५ घण्टा पुस्तक अध्ययन गरेर रचिदै गिनिज बुकमा नयाँ इतिहास

१२५ घण्टा पुस्तक अध्ययन गरेर रचिदै गिनिज बुकमा नयाँ इतिहास

Oct 12th, 2019

काठमाडौं, १० असोज  

गिनिज इभेन्ट नेपालले पुस्तक अध्ययन बिधामा विश्व कृतिमानका लागि १२५ घण्टा लामो पुस्तक अध्ययनको अभ्यासलाई आज पाँचौ दिनमा पुर्याएको छ। आज १२५ घण्टा पुगेसँगै मुकेश राज जोशीका नाममा दर्ज हुने यो कृतिमानीलाई सम्बन्धित ठाउँमा पठाइने आयोजक संस्थाका संस्थापक सन्तोष लामाले बताए ।

आफ्नो विश्व किर्तिमान दर्ज गर्न अहिले निरन्तर मुकेश राज जोशी पुस्तक अध्यन गरिरहेका छन् । जोशी लोक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थी हुन् । यस अघि यहि बिधामा नेपालकै दिपक शर्मा बजगाईंले ११३ घण्टा अध्यन गरेर विश्व किर्तिमान राखेका थिए। गिनिज इभेन्ट नेपालले यस अघि पनि विभिन्न बिधामा विश्व कृतिमानका लागि कार्यक्रम गरि कृतिमान हात पार्न ४ नेपाली सफल भैसकेको संस्थाका व्यवस्थापक हरिचन्द्र लामाले बताए ।

उनले भने  ९० घण्टा २ मिनेट लामो भाषण (कउभभअज) तर्फ अन्नत राम के।सीले २०७५ भाद्र ११ गतेदेखि १४ गतेसम्ममा रेकर्ड आफ्नो नाममा दर्ता गराए त्यस्तै ४१ घण्टा ५ मिनेट जोडी नित्य गरि एलिसा श्रेष्ठ र रुबिशा श्रेष्ठ दिदीबहिनी ले यही जेठ ११ देखि १२ गतेमा रेकर्ड आफ्नो नाममा दर्ता गराए र २०७५ मंसिर ७ देखि १२ मा बन्दना नेपालले १२६ घण्टा नृत्य गरि विश्व किर्तिमानी राखिन जुन त्यो समय नेपालभर अत्यन्तै चर्चाको विषय पनि बन्न पुगेको छ।