काठमाडौ जेठ १९
सकारो फर्मन्टेड बेभरेज प्रा ली काठमाडौले नेसी नामको उत्कृस्ट वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनिले काठमाडौको धुम्बराईमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिड गरेको हो ।
कम्पनिका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा अध्ययन गरि उत्पादन सुरु गरीएका नेसी ब्राण्डका वाईनहरु उपभोक्ताले अत्यधिक रुचाउने छन । दाहालले कार्यक्रममा मन्तब्य दिदै उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउन कम्पनिका बिक्रिबितरकहरु प्रति उत्पेरणा र हौसला प्रधान गर्नुभयो । हाल नेसी सात सय ५० एमएलको रातो, सेतो, सिस्नुको र चार लिटरको बक्स मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।