काठमाडौं जेठ १३
काउन्टर पाईण्ट रिसर्चले ओपोलाई विश्व स्तरमै सन् २०१८ का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हातपार्न सफलकमपनी घोषित गरेको छ ।
आश्चर्यजनक ६३% बृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६% बजार हिस्सा ओगट्न सफल भएको छ । यस आश्चर्यजनक बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससंगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेता पनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको कम्पनीको दाबी रहेको छ । अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइण्ड एक्स रहेको बताईएको छ । प्यारिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्सले यसमा रहेको पानोरामिकआर्क स्क्रिन रआकर्षक पप्अप् क्यामेरा र स्लिक डिजाइनका लागि विशेष वाहवाही पनि बटूल्यो । फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमापनि सन् २०१८को अन्त्यतिर सार्वजनिकओपो आर १७ प्रोका लागि प्राप्त सफलताको पनि यसमा उल्लेख्य भुमिका रहेको छ । फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्सका साथै ब्राण्डका नवप्रवेशीमाझ समेत निकै लोकप्रिय रहन सफल भयो । चीनिया बजारमा दरिलो उपस्थितीका साथै नवप्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल रहेको छ । फ्रान्स, स्पेन, ईटाली र नेदरल्याण्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४० ओटा भन्दा माथी पु¥याउन सफल भयो । बजार प्रवेशलाई थप सुदृद्ध तुल्याउन कम्पनीले स्पेनमा टेलिफोनिका र फ्रान्समा अरेन्ज लगायत नयाँ क्यारियर सम्बन्धहरुका साथै ओपो स्मार्टफोन्सको बजार तथा सेवाका लागि अग्रणी खुद्रा विक्रेताहरु संगपनि सम्बन्धतथा सहकार्य स्थापित गरेको छ ।
प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धि चक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्टफोन्सको प्रवेश संगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टरपोइण्टको अनुमान छ । नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ । ओपो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमा भोक ३.० लगायत नयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ । साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरे अनुसार ओपो रेनो फाइभजीभ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुने बताईएको छ । लामो समयदेखि निकै प्रतिक्षागरिएको रेनोसिरिज, श्याङहाईमा १० अप्रिल र दुबईमा १६ अप्रिल पश्चात २४ अप्रिलका दिन ज्यूरिकमा आयोजित सार्वजनिक समारोह मार्फत यूरोपमा समेत सार्वजनिक भइसकेको छ ।