काठमाडौं, २४ असोज
प्रथम महिला तथा प्रधानमन्त्री श्रीमती राधिका शाक्यज्युले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहाय सहयोगापेक्षी (लक्ष्मीनारायण) हरूसँग दशैंको खुशीयाली साटासाट गरेकी छन् । उनले बिहिबार आश्रममा आश्रय लिइरहेका सम्पुर्ण लक्ष्मीनाराण तथा बालगोपालहरूलाई टिका लगाई भोजन गराउनु भएको हो । साथै आश्रमको सेवालाई सहज बनाउन ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।
कुरा काट्ने र अघि बढ्न बाधा मात्रै दिनेहरूलाई देख्दा, स्वार्थ नै स्वर्थले प्रेरित भएको झुण्डलाई देख्दा कहिलेकसो त कसैको पनि अनुहार हेरौं जस्तो लाग्दैैन । कोठाभित्रै बसौं जस्तो हुन्छ । तर जब निवास्वार्थ समाजको भलाईको लागि लागेको समुहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौं भन्ने भावना जागेर आउने भन्दै उनले मानवसेवा आश्रम आफुहरूको लागि समेत प्रेरणाको स्रोत बनेको बताईन् । देश चाडै बेसहारा रहित बन्नेमा विश्वास व्यक्त गर्दै उनले बेसहारा रहित नेपाल नेपाल सरकारको पनि प्राथमिकतामा परेको बताईन् ।