neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकद्धारा हालसम्म एक सय २८ वटा संस्थाको लाईसेन्स खारेज, देशभर बैंक तथा फाईनान्सको कुल शाखा संख्या आठ हजार आठ सय नाघ्यो

राष्ट्र बैंकद्धारा हालसम्म एक सय २८ वटा संस्थाको लाईसेन्स खारेज, देशभर बैंक तथा फाईनान्सको कुल शाखा संख्या आठ हजार आठ सय नाघ्यो

Oct 11th, 2019

काठमाडौं, २४ असोज 
नेपाल राष्ट्र बैंकले हालसम्म एक सय २८ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको लाईसेन्स अर्थात अनुमती खारेज गरेको छ ।.वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाशुरु गराए पश्चात् २०७६ साउन मसान्तसम्म कुुल एक सय ७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । राष्ट्र बैंकका अनुसार सोही आधारमा एक सय २८ वटा संस्थाहरुको लाईसेन्स खारेज भई कुल ४३ वटा संस्था भएका हुन् ।

यसरी लाईसेन्स खारेज हुुनेमा किष्ट बैक, ग्राण्ड बैंक, लुम्बिनी बैंक, सिर्नर्जी  फाईनान्स, एचएण्ड बी बैक, एल्पिक एभरेष्ट फाईनान्स, सिएमबी फाईनान्स, प्रभु फाईनान्स, सोसाईटी डेभलपमेन्ट बैंक, भिवोर विकास बैंक, बैंक अफ एशिया, एनआईसी बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, लगायतका रहेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल संख्या एक सय ७१ पुगेको छ ।

यस अर्न्तगत २८ वटा वाणिज्य बैंक, २९ वटा विकास बैंक, २३ वटा फाईनान्स, ९० वटा लघुवित्त वित्तीय संस्था र एउटा पुर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । यसैगरी बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने आठ हजार आठ सय पाँच पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुको तीन हजार छ सय ४३, विकास बैंकहरुको एक हजार दुई सय ८८, फाईनान्स कम्पनीहरुको दुई सय सात र लघुवित्त वित्तीय संस्थाहरुको तीन हजार छ सय ६७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात २०७६ असार मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरूको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।