काठमाडौं, , १३ असोज
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरुमध्ये १९ वटा कम्पनीको सेयर मूल्य १ सय भन्दा कम छ । १ सय रुपैयाको लगानीमै सर्वसाधारणले ४८ रुपैयाँसम्म नोक्सानी बेहोरेको देखिन्छ । घट्दो क्रममा रहेको सेयरबजारबाट अहिले धेरैले नोक्सानी खेपिरहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढि नोक्सानी जलविद्युत लगानीकर्ताले भोग्नु परेको छ ।
सर्वसाधारणबाट लगानी जुटाउन चाहने कम्पनीहरुले अहिले सेयर जारी गर्ने गर्छन् । यसरी निष्काशन हुने प्राथमिक सेयरको मूल्य १ सय रुपैयाँ तोकिएको छ । तर सेयरबजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सय भन्दा पनि तल ओर्लिएको छ ।
नियमनकारी निकाय नभएका कारण यसअघि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीहरुले आयोजनाको लागत नै गलत देखाएर सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गरे । जसअनुरुप प्रतिफल भने दिन सकेनन् । जसका कारण नै अहिले जलविद्युत आयोजनाका लगानीकर्ताले नोक्सानी खेप्नु परेको हो ।
युनिएन हाइड्रोपावर र नेशनल हाइड्रो पावरको सेयर निष्काशन हुँदा सर्वसाधारणले प्रतिकित्ता १ सय रुपैयाँ तिरेर किनेका थिए । तर, अहिले यि कम्पनीको मूल्य ५२ रुपैयाँ मात्रै छ । अर्थात लगानीकर्ताले एक कित्तामै ४८ रुपैयाँ सम्म नोक्सानी बेहोर्नु परेको छ ।
जलविद्युत आयोजना निर्माणका क्रममा ७० प्रतिशत बैंकबाट ऋण लिन पाइन्छ भने ३० प्रतिशत प्रवर्धकहरुको लगानी हुनुपर्छ । यस्तो ३० प्रतिशतको २५ प्रतिशतसम्म उनिहरुले सेयर निष्काशन गर्न सक्छन् । स्वपुजी अर्थात इक्वीटी बढाईचढाई देखाउने र सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गर्ने गरिएको छ । त्यसैगरि यस्तो जनाबाट संकलित रकमबाट सोहि कम्पनीको नाममा अर्काे आयोजनामा पनि लगानी गर्ने गरिएको छ । जसका कारण पनि कम्पनीहरुले सर्वसाधारण लगानीकर्तालाई प्रतिफल दिन सकेका छैनन् ।
पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डले आयोजनाको लगानी वास्तवी हो वा होइन भनेर अध्ययन नगरि सेयर निष्काशनका लागि अनुमति दिने गर्छ । जसका कारण पनि यस खालको समस्या सिर्जना भएको हो ।
| क्रम संख्या | कम्पनी | प्रतिकित्ता सेयर मूल्य ( रुपैयाँमा) |
| १ | आँखु खोला जलविद्युत | ५५ |
| २ | अरुण भ्याली हाइड्रोपावर | ९६ |
| ३ | बरुण हाइड्रोपावर | ८९ |
| ४ | छ्याङ्दी हाइड्रोपावर | ८९ |
| ५ | दिव्यश्वरी हाइड्रोपावर | ५६ |
| ६ | घलेम्दी हाइड्रोपावर | ६४ |
| ७ | जोशी हाइड्रोपावर | ५७ |
| ८ | कालिका पावर | ७६ |
| ९ | खानीखोला हाइड्रोपावर | ५८ |
| १० | माउण्टेन हाइड्रो नेपाल | ८० |
| ११ | नेश्नल हाइड्रोपावर | ५२ |
| १२ | नेपाल हाइड्रो | ९१ |
| १३ | ङ्यादी ग्रुप पावर | ९९ |
| १४ | पञ्चकन्यामाई हाइड्रोपावर | ८७ |
| १५ | पाँचथर पावर | ९२ |
| १६ | रिडी हाइड्रोपावर | ८२ |
| १७ | सिनर्जी पावर डेभलपमेन्ट | ६७ |
| १८ | युनियन हाइड्रोपावर | ५२ |
| १९ | युनिभर्सल पावर | ७७ |