काठमाडौ, असोज १८
नेपाल बैक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा सभापतिको आसनबाट बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरुमध्ये योग्यतम व्यक्तिलाई बैकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउंदै यस कार्यमा नेपाल सरकार, बैकभित्रका कर्मचारी युनियन र सम्वद्ध सरोकारवालाबाट प्राप्त सहयोगको हार्दिक सराहना गरे । सो अवसरमा बैकका संचालक दीपेन्द्र विक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको वताउंदै उहांको कार्यकाल सबै सरोकारवालामा बैक होस् त नेपाल बैकजस्तै अर्थात बैक भनेकै नेपाल बैक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।
सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही सबैको विश्वासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिंग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवध्दता प्रकट गर्नुभयो । बैकको प्रधान कार्यालयमा संचालक समितिका सदस्यहरु सर्वश्री हरिशरण पुडासैनी, गंगा प्रसाद ज्ञवाली, बैकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु, मुख्य प्रवन्धकहरु लगायत वरिष्ठ अधिकारीहरुको सहभागितामा बैकका कम्पनी सचिव केशव भण्डारीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैक का सहायक प्रमुख कार्यकारी अधिकृत समता पन्त, नेपाल बैक कर्मचारी युनियनका महासचिव राजुराम मुनकर्मीले नवनियुक्त कार्यकारीलाई हार्दिक वधाई तथा शुभकामना सहित बैक विकासका सबै पहलमा सहयोग र साथको प्रतिवद्धता प्रकट गरे ।
वि.सं. २०२७ मा लम्जुंग वेसीसहरको भकुण्डेमा माता शिरमाया अधिकारी र पिता स्व. चन्द्र बहादुरका ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका अधिकारीले त्रिविविबाट एमविए र पुर्वान्चल विश्वविद्यालयबाट ईएमविएको शैक्षिक योग्यता हासिल गरेकाछन । नेपाल बैकमा वि.सं २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव संगाली विगत छ महिना यता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई मिति ०७६।६।११ मा बैक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।