neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको झम्सिखेल शाखाको औपचारिक समुद्घाटन

महालक्ष्मी विकास बैंकको झम्सिखेल शाखाको औपचारिक समुद्घाटन

Oct 8th, 2019

काठमाडौं, असोज १३
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेल शाखा कार्यालयको आइतबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दीपप्रज्वलनका साथ गरेका थिए । सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए भने विशेष अतिथिकारुपमा एसएसपी टेक प्रसाद राई रहेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा हाल ग्राहक संख्या पााच लाख पुुगेको छ ।