neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबिच सम्झौता

ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबिच सम्झौता

Oct 8th, 2019

काठमाडौं, २ असोज 
ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबिच सम्झौता भएको छ । अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा दुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुन् ।  

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पतालका तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

बैंकका अनुसार, उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एक सय ४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, एक सय ४८ एटिएम, एक सय ८८ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।