काठमाडौँ, १५ असोज (रासस)
सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिनुभएको थियो ।
उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय आज सूूचनापत्रमार्फत जानकारी गराएको हो । सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिनुुभयो ।
“विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ ।
रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ । त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।
यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित हुनुुभएको थियो भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भन्नुुभयो, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”