neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालीको खर्च गर्ने बानीले देशको अर्थिक बृद्धिदर बढायो, एडिबी भन्छ नेपालको अर्थिक बृद्धिदर बलियो हुनेछ

नेपालीको खर्च गर्ने बानीले देशको अर्थिक बृद्धिदर बढायो, एडिबी भन्छ नेपालको अर्थिक बृद्धिदर बलियो हुनेछ

Sep 29th, 2019

काठमाडौं, १२ असोज 
जनताको खर्च गर्नसक्ने क्षमता र प्रतिव्यक्ति आम्दानीको आधारमा देशको आर्थिक बृद्धि भर पर्ने गर्छ । नेपालीको खर्च गर्नसक्ने क्षमता बढेसंगै आर्थिक कृयाकलाप पनि बढेका छन् जसको कारण आर्थिक बृद्धि तिव्र रुपमा हुने अनुमान गरिएको छ ।  

सरकारी तथ्याकं अनुसार अहिले नेपालीको खर्च गर्ने दर बढ्दो छ । गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको सरकारी तथ्याकमा उल्लेख छ ।  यसपालि नेपालीको घरायसी खर्च झण्डै २४ खर्ब पुग्ने अनुमान छ । जसमध्ये वर्षभरिको खर्चको एक तिहाइ त दशैंको वेला नै सकिन्छ ।

यसरी खर्च हुने रकम मध्ये कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुन्छ । जसले पनि आर्थिक बृद्धिदर वढाउने विश्लेषकको भनाई छ ।  नेपाल सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिरहेको बेला एसियाली विकास बैंकले नेपालको आर्थिक वृदिदर ६.३ प्रतिशत रहने बताएको छ । 

सो आर्थिक बृद्धिलाई तिब्र आर्थिक बृद्धि भएको मान्दै एसियली विकास बैंकले नेपालले विगतका वर्षदेखि नै बलियो आर्थिक बृद्धिदर कायमै राखेकोले यस वर्षपनि ६.३ प्रतिशले आर्थिक बृद्धि हासिल गर्ने  प्रक्षेपन गरेको हो । बैंकले सार्वजनिक गरेको इकनोमिक अपडेटअनुसार चालु आर्थिक वर्षमा ६.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपन गरिएको छ । एडिबीले सार्वजनिक खर्चको सही परिचालन भएको तथा संघीय इकाहरुको खर्च सुधार पनि  भएको जनाएको छ । यसैगरी निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुसक्ने बैंकको अनुमान छ ।

बैंकले बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त हुन सक्ने जनाएको छ । त्यस्तै उद्योग क्षेत्रमा ७.९ प्रतिशतले वृद्धि हुने जनाएको छ । पछिल्लो समय निरन्तर बिजुली आपूर्ति भैरहेकोले नेपालले  पूर्वाधारमा फड्को मार्ने बैंकले विश्वास लिएको छ ।

सरकारले २०२० लाई पर्यटन वर्ष धोषण गरेर पर्यटन प्रवद्र्धनका कार्यक्म गरिहकेका बेला  पर्यटन क्षेत्रमा पनि उल्लेख्य बृद्धि हुने बैंकको प्रक्षेपण रहेको छ । यसैगरी बैंकले मूल्य बृद्धि भने ५.५ प्रतिशत पुग्ने जनाएको छ ।