काठमाडौं, १२ असोज
जनताको खर्च गर्नसक्ने क्षमता र प्रतिव्यक्ति आम्दानीको आधारमा देशको आर्थिक बृद्धि भर पर्ने गर्छ । नेपालीको खर्च गर्नसक्ने क्षमता बढेसंगै आर्थिक कृयाकलाप पनि बढेका छन् जसको कारण आर्थिक बृद्धि तिव्र रुपमा हुने अनुमान गरिएको छ ।
सरकारी तथ्याकं अनुसार अहिले नेपालीको खर्च गर्ने दर बढ्दो छ । गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको सरकारी तथ्याकमा उल्लेख छ । यसपालि नेपालीको घरायसी खर्च झण्डै २४ खर्ब पुग्ने अनुमान छ । जसमध्ये वर्षभरिको खर्चको एक तिहाइ त दशैंको वेला नै सकिन्छ ।
यसरी खर्च हुने रकम मध्ये कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुन्छ । जसले पनि आर्थिक बृद्धिदर वढाउने विश्लेषकको भनाई छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरिरहेको बेला एसियाली विकास बैंकले नेपालको आर्थिक वृदिदर ६.३ प्रतिशत रहने बताएको छ ।
सो आर्थिक बृद्धिलाई तिब्र आर्थिक बृद्धि भएको मान्दै एसियली विकास बैंकले नेपालले विगतका वर्षदेखि नै बलियो आर्थिक बृद्धिदर कायमै राखेकोले यस वर्षपनि ६.३ प्रतिशले आर्थिक बृद्धि हासिल गर्ने प्रक्षेपन गरेको हो । बैंकले सार्वजनिक गरेको इकनोमिक अपडेटअनुसार चालु आर्थिक वर्षमा ६.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपन गरिएको छ । एडिबीले सार्वजनिक खर्चको सही परिचालन भएको तथा संघीय इकाहरुको खर्च सुधार पनि भएको जनाएको छ । यसैगरी निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुसक्ने बैंकको अनुमान छ ।
बैंकले बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त हुन सक्ने जनाएको छ । त्यस्तै उद्योग क्षेत्रमा ७.९ प्रतिशतले वृद्धि हुने जनाएको छ । पछिल्लो समय निरन्तर बिजुली आपूर्ति भैरहेकोले नेपालले पूर्वाधारमा फड्को मार्ने बैंकले विश्वास लिएको छ ।
सरकारले २०२० लाई पर्यटन वर्ष धोषण गरेर पर्यटन प्रवद्र्धनका कार्यक्म गरिहकेका बेला पर्यटन क्षेत्रमा पनि उल्लेख्य बृद्धि हुने बैंकको प्रक्षेपण रहेको छ । यसैगरी बैंकले मूल्य बृद्धि भने ५.५ प्रतिशत पुग्ने जनाएको छ ।