आधारभूमी संवाददाता,
काठमाडौँ, फागुन १२
बेनेली मोटरसाइकलको आधिकारी विक्रेता केटिएम इन्टरनेशनलले बेनेली मोटरसाइकलका ३ वटा नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । कम्पनीले टी एन टी १५, टी एन टी १५० आई र बी एन २५१ गरि जम्मा तीनवटा मोडल बजारमा ल्याएको छ । टी एन टी १५ र टी एन टी १५० आई मा १५० सिसिको इन्जिन रहेको छ भने बी एन २५१ मा २५० सिसिको इन्जिन रहेको छ । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ३० हजार रुपैँया, ३ लाख १५ हजार रुपैँया र ५ लाख २० हजार रुपैँया रहेको कम्पनीले जनाएको छ ।
बेनेलीका बिक्रीकक्ष पुल्चोकका साथै सोरुमहरु उपत्यकामा नक्साल, कुपण्डोल र भक्तपुरमाअवस्थित रहेका छन्, साथै बुटवल, पोखरा, विर्तामोड, चितवन, ईटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दांग, हेटौडा, जनकपुर गरि नेपालभरी यसका ११ वटा अधिकृत बिक्रेताहरु रहेका छन् र आगामी दिनहरुमा नेपालका अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।