neapl investment mega bank neapl investment mega bank

‘मुक्तक सागर’ विमोचन

Sep 29th, 2019

काठमाडौँ, १२ माघ 
 साहित्यकार नूरा बस्नेतले प्रकाशन गर्नुभएको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको आज काठमाडौँमा चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गर्नुभएको छ । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ । ७० पृष्ठको उक्त पत्रिकाको पहिलो अङ्कमा ५० मुक्तक छापिएका छन् । 

नेपालको पहिलो मुक्तक पत्रिका दुबो भएपनि हाल सो मासिक साहित्यिक पत्रिकाको प्रकाशन बन्द भइसकेको छ । यसपछि बान्की, आरण, प्रयोग, अणिमा, मञ्जुषा, रुमाणी, मुक्तक मण्डपलगायतका पत्रिका नियमितरुपमा प्रकाशन हुन सकेका छैनन् । 

स्व भीमदर्शन रोक्का मुक्तक लेखनका पिता मानिन्छन् । ४० को दशकबाट नेपालमा मुक्तक लेखन कार्य अघि बढेको पाइन्छ । पहिले हवाई पत्रिका तथा नीला रङ्गका पोष्टकार्डमा मुक्तक प्रकाशन गरिन्थ्यो । अहिले फेसबुक र ट्वीटरमार्फत मुक्तक प्रकाशन प्रकाशन गर्ने चलन चलेको छ । 

कार्यक्रममा साहित्यकार राजन सिलवाल, प्रकाश गफाडी, विजयकुमारी केसी, रामकाजी कोनेलगायतले मुक्तक वाचन गर्नुभएको थियो भने स्व भीमदर्शनकी पत्नी मीना रोक्कालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा चलचित्रकर्मी चेतन कार्की, गीतकार यादव खरेल, साहित्यकार डा विष्णुविभू घिमिरे, समालोचक लक्ष्मणप्रसाद गौतम, पत्रिकाका सम्पादक रमेश दाहाललगायतले मुक्तकका सम्बन्धमा धारणा राख्नुभएको थियो ।  
रासस