neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • कथाकार सापकोटाको नयाँ कथा संग्रह ‘बाटो’ आउँदै

कथाकार सापकोटाको नयाँ कथा संग्रह ‘बाटो’ आउँदै

Sep 29th, 2019

काठमाडौँ, ३१ असार
कथाकार धर्म सापकोटा राजुको तेस्रो कृति कथा संग्रह ‘बाटो’ प्रकाशनको अन्तिम तयारीमा रहेको छ। युरेका पब्लिकेसन्स काठमाडौँले प्रकाशन गर्दै गरेको पुस्तकमा सापकोटाका १५ वटा कथाहरु समावेश छन् । विगत बाह्र बर्षदेखी बेलायतमा बसोबास गर्दै आएका सापकोटाका धेरैजसो कथाहरु बैदेशिक पृष्ठभूमीमा नै लेखीएका छन् भने कतिपय कथाहरु बर्तमान नेपाली समाजको प्रतिनिधित्व गर्ने खालका पनि रहेका छन् ।

किताब पढेपछी नेपालबाट बिदेश जान्छु भन्नेहरुलाई एकपटक राम्रोसँग सोच्न बाध्य बनाउने सापकोटाको दावी छ ।  यस अघि सापकोटाका एक लघुकथा संग्रह र एक बालकथा संग्रह प्रकाशित छन ।