neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु

खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु

Sep 29th, 2019

खोटाङ, १२ असोज (रासस)

बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो ।
 
खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन् । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi