प्यूठान, ६ असोज
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् । दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सबै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए । पौडेलले भने, ‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’
नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए । उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टी हुने पनि बताए । उनले भने, ‘ठूला ठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ । बिना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ । ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएका छन् ।’
पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे । पौडेलले भने, ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ । हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु ग¥यो । बाटो, बिजुली, पानी शिक्षा स्वास्थ्य गाँउ गाँउमा हामीले पु¥याएको हो । हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसँग गाँउ गाँउमा मान्छे काट्न थालियो । मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ । बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ ।’
पौडेलले दुईतिहाईको सरकारले गरेका कामको हिसाब किताब नेपाली जनताले गरेको बताउँदै कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए । उनले भने, ‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ । कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन् । मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिष्टहरुको चरित्र हो । दासताको युग थियो त्यो समाप्त भयो । पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो । अहिले कम्युनिष्टको युगमा सवै वराबरी भयो भन्ने सोचेका थिए । तर अहिले कम्युनिष्टहरु नै नयाँ वर्ग जन्मिएको छ । हिजो सामान्य जनता जहाँको त्यही छ अहिले कम्युनिष्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ ।’
पौडेलले दुई तिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानुन ल्याउन खोजिदै छ । मानव अधिकार आयोगको अधिकार कटौती गरीएको छ । हरेक सम्बैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ । त्यो संविधानको विपरित हो । अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ । जनताले दिएको दुईतिहाईको मतलाई निरकुंश शासन चलाउनका लागि प्रयोग गरीएको छ ।’ नेता पौडेलले सवै पार्टीको सहमतिमा बनेको नागरिकता ऐन फेर्ने नहुने कांग्रेसको धारणा रहेको पनि बताए ।