सुर्खेत, ४ असोज (रासस)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले पार्टीका जिम्मेवार नेता÷कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने रु भनी प्रश्न गर्नुभयो । “नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हँुदैन, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।”
मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले समृद्ध कर्णालीका लागि हातेमालो गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । नेकपा निकटका व्यवसायीले राज्यले दिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गरेर पार्टीको शाख बचाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले आफ्नो डेढवर्षे कार्यकालमा ३०० योजनाको बोलपत्र तथा रु सात अर्ब बराबरको ठेक्का स्वीकृत गरिएको जानकारी दिनुभयो ।
भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तर्दथ समिति गठन गरेको छ ।