neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • राजनीतिक स्वार्थ पूरा गर्न संविधानलाई दोष देखाउँदै हिड्नु हुँदैन

राजनीतिक स्वार्थ पूरा गर्न संविधानलाई दोष देखाउँदै हिड्नु हुँदैन

Sep 20th, 2019

गोरखा, ३ असोज (रासस)

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीको राजनीतिक स्वार्थ पूरा गर्न नयाँ संविधानलाई दोष देखाउँदै हिँड्न नहुने बताउनुभएको छ । 

गोरखा सदरमुकाममा आज आयोजित पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा संयोजक मिश्रले अहिले जसले संविधान लेखेको उसैले विरोध गर्दै हिँड्ने गरेको बताउनुभयो ।  “नयाँ संविधान लेख्नेहरु मध्ये केहीले भोलिपल्टदेखि नै विरोध गर्न थाल्नुभयो”, उहाँले भन्नुभयो, “संविधानले काम गर्न थालेको बल्ल चार वर्ष भयो, आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि संविधानलाई दोष देखाउनु गलत हो ।”

 संविधान घोषणा भएपछि त्यसको कार्यान्वयन जसरी प्रभावकारी ढङ्गबाट हुनुपर्ने हो त्यो हुन नसकेको संयोजक मिश्रले बताउनुभयो । राजनीतिक पार्टी तपसिलका विषयमा अल्झिएर बसेकाले अहिले जनताका आकांक्षाअनुसार संविधानको कार्यान्वयन अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।
 
उहाँले अब संविधान भत्काउनेतर्फ नभई संविधानभित्र भएका कमीकमजोरीलाई सच्याउदै लैजानुपर्ने धारणा राख्नुभयो । संयोजक मिश्रले अब पनि बारम्बार संविधानको विरोध गर्दै सडक आन्दोलन गरेर कुनै पनि दलले नेपाली जनताको विकास र समृद्धिको मुद्दालाई ओझेल पार्न नहुने बताउनुभयो ।