neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

Sep 16th, 2019

फिक्कल, ३० भदौ
नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । 

उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उहाँलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो । 

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । रासस