neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक दैनिकका सम्पादकलाई ज्यान मार्ने धम्की दिएकोमा पत्रकार महासंघकाे आपत्ति

आर्थिक दैनिकका सम्पादकलाई ज्यान मार्ने धम्की दिएकोमा पत्रकार महासंघकाे आपत्ति

Sep 12th, 2019

काठमाडौं, २६ भदौ
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् तथा आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ । भदौ २५ गते काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भनी निज काप्रीले धम्क्याएका थिए ।

कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरेको पत्रकार महासंघले जनाएको छ  ।