neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

राष्ट्रियसभाको बैठक स्थगित

Jan 28th, 2019

काठमाडौँ, १४ माघ 
राष्ट्रियसभाको बैठक सोमवार नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगित भएको छ । 

शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो । 
यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । 
तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङग्रेसले आपत्ति जनाउँदै आएको छ । 
आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठ्नु भएको थियो । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काङग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिनुभयो । 
सांसद पाण्डले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउनुभयो । उहाँले गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणमा आफ्ना शीर्ष नेताको योगदानलाई कही कतैबाट अवमूल्यन गर्ने काम नहोस् भन्दै ती अस्पतालले जनताको स्वास्थ्य सेवा गर्ने अवसर पाउनुपर्छ भन्नुभयो । 
सांसद पाण्डेले चालु अधिवेशन विधेयक अधिवेशन समेत भएकाले नेपाली काङग्रेसले सरकारलाई रचनात्मक भूमिकामा सहयोग गर्ने छ भन्नुभयो । त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहनुभएकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभयो । 
सोमबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्नुहुने लगायतका कार्यसूची रहेको थियो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi