neapl investment mega bank neapl investment mega bank

क्याम्पस अगाडि नेविसङ्घको विरोध

Jan 27th, 2019

काठमाडौँ, १३ माघ 
संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ । नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो । 
नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताउनुभयो । “काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति दिइएको छैन, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ”, उहाँले भन्नुभयो । 
नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताउनुभयो । आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ । यसैबीच नेविसङ्घ, तरुण दल, महिला सङ्घले आज चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जनाएकका छन् । रासस