तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

Jul 31st, 2020

मकवानपुर, १६ साउन /रासस

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई वटा विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उहाँले प्रमाणीकरण गर्नुभएको हो ।

प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७७ र प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।