तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • शुक्रबार थप २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि , १५१ जना डिस्चार्ज

शुक्रबार थप २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि , १५१ जना डिस्चार्ज

Jul 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ साउन

नेपालमा थप २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा १० हजार ७६८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट १० हजार ७६८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १२ हजार १११ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। 

थप १५१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १५१ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १४ हजार ३९९ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा,काभ्रे, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।