Covid-19 In Nepal | Recent Update (https://covid19.mohp.gov.np/)

Tuesday October 27, 2020

Last 24 hours update

3,336

Recovered

2,856

New Cases

5

Deaths

Total Covid-19 Data

1,11,670

Recovered

1,58,089

Total Cases

847

Deaths

45,572 | Isolation
3,064 | Quarantined

जिओ फोर्डको फोर्ड फेस्टिव अफर सुरु

Sep 19th, 2020

काठमाडौ, असोज ३

जि.ओ. अटो मोबाईल्स प्रा.लि. (जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै जसो अटो मोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेकाछन । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्र्तगत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

योजना १:

स्क््रयाज कार्ड–ग्राहकले बक्सबाट ३ वटा स्क््रयाज कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउनेछन् । प्रत्येक स्क््रयाज कार्डमा ग्यारेण्टी मूल्य रु.२५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । यो अफर अन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन ।

योजना २:

छ महिने ईएमआई होलिडे–यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ताभुक्तानीगर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ«े बैँकमार्फत उपलब्धहुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्तगर्दछन् ।

योजना ३:

यस–योजनाअन्तर्गत ग्राहकले ३० प्रसितसत रकम डाउन पेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिसतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिसतको लागिग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २० प्रतिसतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नु पर्ने छैन ।
यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।