Covid-19 In Nepal | Recent Update (https://covid19.mohp.gov.np/)

Tuesday October 27, 2020

Last 24 hours update

3,336

Recovered

2,856

New Cases

5

Deaths

Total Covid-19 Data

1,11,670

Recovered

1,58,089

Total Cases

847

Deaths

45,572 | Isolation
3,064 | Quarantined
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिए

Sep 19th, 2020

गण्डकी, ३ असोज /रासस

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् । पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।