Covid-19 In Nepal | Recent Update (https://covid19.mohp.gov.np/)

Tuesday October 27, 2020

Last 24 hours update

3,336

Recovered

2,856

New Cases

5

Deaths

Total Covid-19 Data

1,11,670

Recovered

1,58,089

Total Cases

847

Deaths

45,572 | Isolation
3,064 | Quarantined
  • गृहपृष्ठ
  • पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

Sep 19th, 2020

बलेवा, ३ असोज /रासस

आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताउनुभयो । “डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली खटिएको छ”, उहाँले भन्नुभयोे, “ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ।”