Covid-19 In Nepal | Recent Update (https://covid19.mohp.gov.np/)

Tuesday October 27, 2020

Last 24 hours update

3,336

Recovered

2,856

New Cases

5

Deaths

Total Covid-19 Data

1,11,670

Recovered

1,58,089

Total Cases

847

Deaths

45,572 | Isolation
3,064 | Quarantined
  • गृहपृष्ठ
  • गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक शिव परियारको ‘लौ न बोलिदेऊ’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Aug 22nd, 2020

काठमाडौ, भदौ ६

कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयोजन र एचबिएन किस्मतको मिक्सिङ रहेको उक्त गीतमा गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो ‘डिबी एचडी’ मा तयार गरिएको हो ।

संगीतकार सिंहले आफ्नो तीन दशकको सांगीतिक यात्राको क्रममा यो गीत नितान्त अहिलेको पुस्ताका लागि कम्पोज गरिएको बताउँदै नयाँ पुस्तासँग साक्षात्कार गर्ने उद्देश्यले यस गीतमा फरक कम्पोजिसन गरिरहँदा आफूलाई २५ वर्ष पछाडि फर्केको अनुभव भएको सुनाए । गोङग्बाको निर्देशन रहेको उक्त गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्स २०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस २०१८ का फ्रस्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय रहेको छ ।

‘लौ न बोलिदेऊ’ गीत गायक परियार आफैँले निर्माण गरेका हुन् । गायक स्वयमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत उनको एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा संग्रहित रहने छ ।