तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
13,925,002 21,072,427 757,476 16,837 24,957 95
Update:1:00M, August 142020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पिपिई सेट सहयोग

Aug 2nd, 2020

काठमाडौं, साउन १८

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिइ सेट) सहयोग गरेको छ ।

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पिपिई सेट हस्तान्तण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई सेट अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने ।

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि सय थान पिपिई सेट सहयोग गरेको थियो ।