तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकमा स्वतन्त्र सञ्चालक नियुक्त

मुक्तिनाथ विकास बैंकमा स्वतन्त्र सञ्चालक नियुक्त

Aug 2nd, 2020

काठमाडौ, साउन १८

मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । शर्मासंग नेपाल सरकारको उच्चपदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेको अनुभव रहेको छ । व्यवस्थापन विज्ञकोरुपमा समेत परिचित शर्माले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएकाछन ।

उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्टे«सन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिस्टे«शन विषयमा स्नातकोत्तर तह र सर्रे विश्व विद्यालय, बेलायतबाट, टुरिजम म्यानेजमेन्ट बिषयम अध्ययन गरेकाछन ।

बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।