तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

Aug 1st, 2020

भक्तपुर, १७ साउन /रासस

महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ । सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ ।