तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
13,925,002 21,072,427 757,476 16,837 24,957 95
Update:1:00M, August 142020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको घरकर्जा नौ दसमलव २५ प्रतिसत व्याजमा कर्जा

सिद्धार्थ बैंकको घरकर्जा नौ दसमलव २५ प्रतिसत व्याजमा कर्जा

Jul 31st, 2020

काठमाडौ, साउन १६

सिद्घार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुलाई नौ दसमलव २५ प्रतिसत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।