तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )

सुनको मूल्यमा सामान्य गिरावट

Jun 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार १६

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ७६५ मा झरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८६० मा कारोबार भएको थियो ।

आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९४५ निर्धारण गरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला रु ९४५ रुपैयाँमा कारोबार भएको थियो ।