तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा

नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा

Jun 29th, 2020

काठमाडौ, असार १५

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६ औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका हुुन । बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन ।

काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।