तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप ८ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा थप ८ जना कोरोना सङ्क्रमित थपिए

Jun 29th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार १५

काठमाडौंमा थप ८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

मन्त्रालयका अनुसार सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौं जिल्लामा ६ जना ,ललितपुर र भक्तपुरमा एक/एक जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।