तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • कोरोना कहरमा चर्चित संगीतकार शिखर सन्तोषले ल्याए मन छुने गित “कोरोनाको महामारी” (हेर्नुहोस् भिडियाे)

कोरोना कहरमा चर्चित संगीतकार शिखर सन्तोषले ल्याए मन छुने गित “कोरोनाको महामारी” (हेर्नुहोस् भिडियाे)

Jun 26th, 2020

काठमाडौ, असार १२

चर्चित संगीतकार शिखर सन्तोषले कोभिड १९ को महामारीको संगीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाजमा नयाँ म्युजिक भिडियो “कोरोनाको महामारी” सार्बजनिक भएको छ । कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।

चर्चित संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ । सन्देशमूलक उक्त गीतका शब्दहरु डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् ।गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।