सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Nov 25th, 2019

काठमाडौं, मंसिर ९

काठमाडौंको सिरहा र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ड्याम बनाउने क्रममा बा.३ क ६३८ नम्बरको रोलर सडकबाट अन्दाजी १७ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका रोलरका चालक महोत्तरी बर्दिबास नगरपालिका १ गौरीडाँडा बस्ने ४५ वर्षीय यर्कमान भुजेललाई उपचारको लागि एनएमसि अस्पताल अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

सिरहाको नरहा गाउँपालिका ३ खोरीया टोलस्थित सडकमा को.१ त ५१२४ नम्बरको ट्याक्टरले स.१ प ३२०० नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका(५ बस्ने ४५ वर्षीय सतीस गुप्ताको मंगलम अस्पताल मिर्चैया सिरहा हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मिर्चैया नगरपालिका(५ बस्ने ४० वर्षीय अरुण कुमार गुप्ताको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीस्थित सडकमा को.१ प १०६ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जुम्ला चन्दननाथ गाउँपालिका १० बस्ने ४२ वर्षीय मनिकेश गौतमको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।