आधारभूमि संवाददाता
काठमाडौ, ३ असार
कोरोना महामारीका विच विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर पछिल्लो समय भौतिक उपस्थिति गराएर पढाउन असम्भव भएकाले शिक्षाविद्हरुले प्रविधिको प्रयोग गरि परिक्षा केन्द्रित नभई सिकाई केन्द्रित बनाउनु पर्नेमा जोड दिएका छन् ।
नयाँ शैक्षिक सत्रका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गते देखि असार १५ सम्ममा विद्यार्थीको अभिलेखिकरण र उनीहरुलाई पाठ्पुस्तक उपलब्ध गराउन निर्देशन दिएको छ ।
तर गत २०७६ साल चैत्र ११ गते देखि हाल सम्म पनि नेपालमा निषेधाज्ञा लागु भएका कारण शिक्षाविद्हरुले विद्यार्थीको पठनपाठनमा केहि परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै आएका छन् ।शिक्षाविद् बालचन्द्र लँुईटेलका अनुसार कितावको करिकुलम अनुसार भन्दा पनि विद्यार्थीलाई व्यवहारमा लागु हुने खालको शिक्षा आजको आवश्यकता रहेको बताए ।
यता शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको तथ्याङक अनुसार यो वर्ष कक्षा १ देखी १० सम्म सामुदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या ४ दशमलव ६ ले बढेको छ ।
सरकारले यसमा सुलभ नेटवर्क प्रदान गर्न सके सामुदायीक विद्यालयको स्तरउन्नतीमा टेवा पुग्ने संकेत देखिएको छ ।