सुनको मूल्य घट्यो, हेर्नुस कति पुग्यो ?

Nov 21st, 2019

काठमाडौं, ५ मंसिर
नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेर प्रति तोला ७२ हजार १ सय रुपैयामा कारोबार भएको सुनको भाउ बिहिबार भने सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ७२ हजारमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बिहिबार भने चांदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भई रहको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ । बुधबार चांदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।