अवैध लागूऔषध सहित पक्राउ

Mar 4th, 2021

काठमाडौं, फागुन २०

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल नोर्फिन, ९ सय एम्पुल डाईजेपाम र ७ सय एम्पुल फेनारगन सहित पर्सा छिपरमाई गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पर्सादेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार कुमारलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।